नेपाली महिला बक्सर विश्व च्याम्पियनको क्वाटरफाईनलमा [भिडियाे]
५ बैशाख २०७८, आईतवार १२:५६
पोल्यान्डमा भैरहेको आईबा युथ विश्व बक्सिङ च्याम्पियनसिपमा लिथुआनियाका खेलाडीलाई पराजित नेपाली बक्सर सुष्मा तामाङ क्वाटर फाईनलमा पुग्न सफल भएकि छिन।
महिला ४८ केजीमा नेपाली बक्सर सुष्मा बाई पाएर दोस्रो चरणमा प्रवेश गरेकी थिईन।
सोही प्रतियोगितामा भाग लिएकी अर्की नेपाली बक्सर सुमिना खड्का भने पराजित भएकी थिईन। पोल्यान्डको किल्सीमा भइरहेको प्रतियोगिताको महिला ५४ केजीमा सुमिना बेलारुसकी विनाराभा आर्नासँग पराजित भएकी थिईन। तीनै राउन्ड प्रतिस्पर्धा गरेकी सुमिना अंकका आधारमा प्रतिद्वन्द्वी विनाराभासँग पराजित भएकि हुन।
प्रतियोगितामा ५२ राष्ट्रका २ सय ७४ पुरुष र १ सय ४० महिला खेलाडीको सहभागिता रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया