नर्वेका प्रधानमन्त्रीले कोरोना नियम उल्लंघन गरेकोमा २ लाख ८० हजार जरिवाना लाग्यो – Nagarikabhiyan : National News

नर्वेका प्रधानमन्त्रीले कोरोना नियम उल्लंघन गरेकोमा २ लाख ८० हजार जरिवाना लाग्यो

नर्वे ।  नर्वेका प्रधानमन्त्री  एर्ना सोलवर्गले शुक्रबार आफ्नो जन्मदिन मनाउन पारिवारिक भेला आयोजनाको क्रममा सामाजिक दूरीको नियम उल्लंघन  भएपछि उनलाई  प्रहरीले जरिवाना गरेको छ ।

 

कोरोनाभाइरस रोकथामका लागि लागु गरिएको नियम उल्लंघन गरेको आरोपमा प्रधानमन्त्रीलाई २० हजार नर्वेजियन क्रोन (झन्डै २ लाख ८० हजार रुपैयाँ) जरिवाना तोकिएको हो ।

 

भाइरस संक्रमणमा व्यापक वृद्धि भएपछि नर्वेले कडा प्रतिवन्धहरु लागु गरेको छ । त्यहाँ १० जनाभन्दा बढी व्यक्तिलाई सार्वजनिक स्थानमा भेला हुन रोक लगाइएको छ ।  नियम उल्लंघन गरेपनि उनका पति र रेष्टुरेन्टलाई भने जरिवाना गरिएको छैन । कोभिड रोकथामका लागि मापदण्ड कार्यान्वयन गर्नुपर्ने अग्रणी नेतृत्वले नै नियम उल्लंघन गरेपनि जरिवाना गर्नुपरेको प्रहरीको भनाई छ ।

 

१० जनाभन्दा बढी उपस्थित हुन नपाइने नियम भएपनि प्रधानमन्त्रीको जन्मदिनमा १३ जना उपस्थित भएको पाइएपछि कानुनअनुसार जरिवाना गर्नुपरेको प्रहरीको भनाई छ । प्रहरीले कानुनको सामु कोही पनि ठूलो सानो नहुने भन्दै कानून सबैलाई बराबर हुने जनाएको छ । प्रधानमन्त्री सोलबर्ग र उनका पति सिन्दे्र फिनसले जन्मदिन मनाउनको लागि कार्यक्रम आयोजना गरेका थिए ।