राष्ट्रिय फुटवल टिमका कप्तान इन्टरनेशल प्लेयर अफ द विक घोषित
२३ चैत्र २०७७, सोमबार १६:०३
काठमाडौं । राष्ट्रिय फुटवल टिमका कप्तान गोलकिपर किरण चेम्जोङ एएफसी इन्टरनेशल प्लेयर अफ द विक घोषित भएका छन् । उनले एशीयाका अन्य नौ खेलाडीलाइ पछि पारेका हुन् ।
एएफीले पाँच दिन अघि किरण सहित दश खेलाडीलाई साताको उत्ृकष्ट खेलाडीको मनोनयनमा राखेको थियो । जसमा किरणले सर्वाधिक ५५ दशमलब ६९ प्रतिशत मत प्राप्त गरे । प्राप्त मतको आधारमा विजेता छानिएको हो ।
साउदी अरेबियाका सलेह अल सेहेरीले २० दशमलब ६२ प्रतिशत मत ल्याएर दोस्रो स्थानमा रहे । इराकका अल अली हवइ १० दशमलब १६ प्रतिशत मल प्राप्त गर्दै तेस्रो भए । यसको मनोनयनमा पर्दै उपाधी नै जित्ने किरण पहिलो नेपाली खेलाडी हुन् ।
उनको कप्तानीमा नेपालले गत सोमबार घरेलु मैदानमा भएको थ्रि नेशन्स कपको उपाधी जितेको थियो । फाइनलमा नेपालले बंगलादेशलाई दुइ एकले हरायो । थ्रि नेशन्समा नेपालले तीन खेल खेल्दा किरणले मात्र एक गोल खाएका थिए । साताको उत्कृष्ट खेलाडी बनेपछि किरणले सामाजीक संजाल मार्फत खुशी बाडेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया