अक्षय कुमार अस्पताल भर्ना
२३ चैत्र २०७७, सोमबार १३:३६
काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमार कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका छन् ।
सामाजिक सञ्जामार्फतक उनले आफू अस्पताल भर्ना भएको जनाएका हुन् । आइतबार अक्षयले आफूलाई कोरोना संक्रमण भएको खुलाएका थिए ।

आमिरसँगै दोस्रो लहरमा संक्रमित हुनेमा मनोज बाजपेयी, सतिष कौशिक, परवेश रावल, रोहित सरफ, संगीतकार बप्पी लहिरी छन् । गत वर्ष अभिनेता अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या रायलगायतलाई कोरोना संक्रमण भएको थियो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै थुप्रै बलिउड कलाकार संक्रमित भइरहेको खबर सार्वजनिक भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया