नेकपा बदरको फैसलाविरुद्ध पुनरावलोकन निवेदनको सुनुवाई आज हुँदै
१९ चैत्र २०७७, बिहीबार १०:५५
काठमाडौं । नेकपाको एकता भंग गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध दर्ता भएको पुनरावलोकन निवेदनको सुनुवाई आज बिहीबार हुँदैछ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकता खारेजी गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध दिएको पुनरावलोकन मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको पूर्ण इजलासले हेर्ने भएको छ।
नेकपाको नाम सम्बन्धी मुद्दाको फैसला दिने क्रममा गएको फागुन २३ गते न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेको थियो ।
सर्वोच्चले एमाले र माओवादीको एकताबाट बनेको नेकपालाई बदर गरि निर्वाचन आयोगमा पहिले नै दर्ता भएको ऋषि कट्टेल अध्यक्ष रहेको नेकपालाई वैधता प्रदान गरेको थियो ।
यो फैसलाविरुद्ध मुद्दाका एक पक्ष प्रचण्ड पुनरावलोकनमा गएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया