मानन्धरको निधनप्रति प्रचण्डद्वारा समवेदना प्रकट
१७ चैत्र २०७७, मंगलवार ११:३०
काठमाडौं । वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनले नेपालको सिंगो कम्युनिस्ट आन्दोलनमा क्षति भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।
मंगलबार शोक वक्तव्य जारी गर्दै प्रचण्डले नेपालको वामपन्थी आन्दोलनमा मानन्धरले पुर्याएको योगदान सधैं स्मरणीय रहने बताए। प्रचण्डले मानन्धरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया