त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली पनि जाने – Nagarikabhiyan : National News

त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली पनि जाने

काठमाडौं  । त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली पनि जाने  हुनेभएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला जाने एन्फा स्राेतले जनाएको छ ।

नेपाल, बंगलादेश र किर्गिजस्तान सहभागी प्रतियोगितामा नेपाल र बंगलादेश उपाधिका लागि भिड्नलागेका हुन्। लिग चरणको अन्तिम खेलमा शनिबार साँझ बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो।

नेपाल फाइनलमा पुगेसँगै बंगलादेशसँग १–० गोलले पराजय व्यहोरेको किर्गिजस्तानको यू २३ टोली भने प्रतियोगिताबाट बाहिरिएको थियो।