दुबईको अबु धाबी शहरमा २०० पुरुष र ५० महिला नेपाली कामदार खोज्दै, तलब २५-२८ हजार माथि – Nagarikabhiyan : National News

दुबईको अबु धाबी शहरमा २०० पुरुष र ५० महिला नेपाली कामदार खोज्दै, तलब २५-२८ हजार माथि

काठमाडौं ।   दुबईको अबु धाबी शहरमा रहेको मरिना फ्याकिलिटिज मेनेजमेन्ट कम्पनीले क्लिनर्सका लागि २०० पुरुष र ५० महिला गरि जम्मा २५० नेपाली पुरुष महिला कामदारको माग गरेका छन् ।

कम्पनीले योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित नेपाली रुपैयाँ २५ हजार माथि देखि २८ हजार माथि पाउनेछन् ।  करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले नोभा इन्टरनेशनल प्रा ली गौरीगाउँ सिनामंगल काठमाडौंमा चैत्र ९ गते देखि १८ गते सम्म अन्तरवार्ता दिनुपर्ने छ ।

विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । स्वदेशमा हुने मेडिकलको खर्च,  स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।

 

 

त्यस्तै