चार महिनापछि किन भेट्दै प्रधानमन्त्री र माधव नेपाल ?
२ चैत्र २०७७, सोमबार १०:५६
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच चार महिनापछि पार्टी कार्यालय धुम्बाराहीमा भेट हुन लागेको हो ।
माधव नेपाल बालुवाटार जान नमानेपछि आज बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट हुने तय भएको हो । नेकपा खारेजपछि यी दुईबीच भेटवार्ता हुन लागे पनि ओली र नेपालको सम्बन्धमा चिसोपना छाएको छ ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि ओली र नेपाल भेट गर्न लागेका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि एक अर्काविरुद्ध अभिव्यक्ति र निर्णय नै गर्दै आउनुभएका ओली र नेपाल बीच चार महिनापछि भेटवार्ता हुन लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया