एमालेमा ओलीले नेपाल पक्षका सबै जिम्मेवारीबाट हटाइएपछि
२९ फाल्गुन २०७७, शनिबार ०७:३५
काठमाडौं । एमाले का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबैलाई जिम्मेवारीबाट हटाइएको छ।
अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नरहने भएका छन्।
प्रधानमन्त्री निवास बालुटारमा शुक्रबार बसेको बैठकले नेपालपक्षीय नेताहरूको जिम्मेवारी खोस्नेदेखि पार्टीमा आएका माओवादी केन्द्रका नेताहरूलाई जिम्मेवारी दिन विधान संशोधनको निर्णय गरेको हो।
प्रधानमन्त्री ओलीले नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाएर अध्यक्ष र महासचिव पद मात्र कायम गर्ने निर्णय बैठकमा सुनाएको जनाइएको छ।
अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक भने चैत ७ गते बोलाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया