कोरोना खोपबारे भ्रम फैलाउने भिडियोलाई यूटुब र फेसबुकले प्लेटफर्मबाट बाहिर गरे – Nagarikabhiyan : National News

कोरोना खोपबारे भ्रम फैलाउने भिडियोलाई यूटुब र फेसबुकले प्लेटफर्मबाट बाहिर गरे

काठमाडौं ।  युटुबले कोरोना खोपबारे भ्रम फैलाउने ३० हजार भिडियो आफ्नो प्लेटफर्मबाट बाहिर गरेको छ ।

 

युटुबले ६ महिनाअघि कोरोना भाइरस विरुद्धका खोपबारे भ्रम नफैलाउन सबै भिडियोका लागि नयाँ नीति अपडेट गरेको थियो । तर यो नीति उल्लंघन गर्ने भिडियोको संख्या बढ्दै गएपछि हटाइएको बारे यूटुबका इन्ग्याजेटले जनाएको छ               ।

 

कोरोना भाइरसकै अफवाह फैलाएको कारण युटुबले गत फेब्रुअरीमा आठ लाख भिडियो हटाएको थियो । केही महिनाअघि  फेसबुक र ट्वीटरले पनि खोपहरु बारे फैलिने भ्रम प्रतिरोध गर्न आफ्ना नीतिहरु विस्तार गरेको थियो । फेसबुकले पनि कोरोना खोप लगायत सबै किसिमका खोपबारे गलत सूचनाहरु आफ्नो प्लेटफर्ममा निषेध गरेको छ ।