मधेसीवादी कराएर जसपा ओलीको चाकरीमा आउने कारण के होला ? – Nagarikabhiyan : National News

मधेसीवादी कराएर जसपा ओलीको चाकरीमा आउने कारण के होला ?

काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरु विगतदेखि नै ओलीको विरोधमा थिए । तर हाल अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएपछि जसपा नेपालका शीर्ष नेताहरु मरिच्चयौरी झैँ उथलपुथल भएका छन् ।

 

नेपालको वर्तमान राजनीतिक घटनाको कारण सरकारको नेतृत्व दाबी समेत गर्ने र सत्ता समिकरणका लागि जसपाका नेताहरुको बीचमा आपसी घम्साघम्सी सुरु भएको छ । जसपा नेपालका शीर्ष नेता राजेन्द्र महतो केहि दिन अगाडी प्रधानमन्त्री ओलीले हामीलाई ठगेको हो भन्ने आरोप लगाएर मधेशवादीको परिचय दिए ।

 

अनि आजभोली त्यही ठगको पछाडि दौडिनु र फेरी उनकै पक्षमा उभिने के कारण होला ? भन्ने प्रश्न उब्जिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिन अगाडी जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेतालाई बालुवाटार बोलाएका थिए । जसमा उपेन्द्र यादव, डा.बाबुराम भट्टराई उपस्थित भएन तर महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका पुर्व राजपा खेमाका नेताहरुले बालुवाटारका हावा खाएका थिए । ओलीले बालुवाटारमा कस्तो हावा खुवाए भन्ने प्रश्न आमजनताले समाजिक सञ्जाल मार्फत गरिराखेका छन् ।

जसपा नेताका अनुसार आफूहरु सधै सरकारलाई समर्थन गर्ने तर आफूहरुको प्राथमिकतामा संविधान संशोधन, रेशम चौधरीसहित थारु आन्दोलनका क्रममा जेलमा रहेकाहरुको मुद्दा फिर्ता र रिहाई रहेको दाबी गर्दै आइरहेका छन्। तर जसपाका नेताहरुको यस्तो कार्यलाई चाकडीबाजको संज्ञा दिइएको छ । ओलीको चाकडीमा जाने कारण यहि होला कि अझै केहि छ ? जनताको यस्तो प्रश्न पनि रहेको छ । पछिल्लो समय नयाँ समिकरणको गृहकार्य भइहँदा जसपा निर्णायक शक्ति बनेको छ भने सरकारको नेतृत्वको दाबी गर्न थालेको छ । सरकार गठनका लागि निर्णायक शक्ति बनेको जसपाका शीर्ष नेताहरूले एकाएक आज नेकपा एमालेसँग सत्ता समीकरणका लागि वार्ता गर्दैछन । जनताले यसको जवाफ खोजिरहेका छन्।