पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाने कारण के होला ? – Nagarikabhiyan : National News

पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाने कारण के होला ?

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदै छन् । सर्वोच्च अदालतले नेकपा नामलाई आधिकारिकता नदिएर एमाले र माओवादी केन्द्र ब्यूँताएपछि यतिबेला दलहरु गृहकार्यमा जुटेका छन् ।

 

मंगलबार र बुधबार लगातार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक चल्यो । बैठकमा विशेषगरी एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि सत्ता सहकार्य कुन दलसँग कसरी गर्ने भन्नेबारे छलफल भएको थियो । राष्ट्रिय दलित पत्रकार संघको प्रथम सम्मेलन उद्घाटन गर्न दाहाल रुपन्देहीको बुटवल जान लागेका हुन् ।