लकडाउनलाई लत्याउँदै नेकपाका युवानेताहरु गोकर्ण रिसोर्टमा, यस्तो छ ‘डियर कमरेड’हरुको विलासी जीवन ! – Nagarikabhiyan : National News

लकडाउनलाई लत्याउँदै नेकपाका युवानेताहरु गोकर्ण रिसोर्टमा, यस्तो छ ‘डियर कमरेड’हरुको विलासी जीवन !

काठमाडौं । नेपाल सरकारले कोभिड-१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै देशभर लगाइएको बन्दी (लकडाउन) जारी छ ।

यसका साथै कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले कडा नीति लिएको छ । तर, नेपाल कम्युनिस्ट पार्टीका युवा संगठनका कतिपय नेताहरुलाई लकडाउनले कुनै असर गरेको छैन ।  ती मध्ये एक हुन् अमित लामा । उनी नेकपानिकट युवा संघका नेता हुन् ।

लामा लकडाउनमा पनि गल्फ खेल्न गोकर्ण रिसोर्ट पुग्छन् । लकडाउनमा पनि गल्फ खेलेर मस्तीको जीवन बिताइरहेको छ । गल्फ विलासी खेल हो । पछिल्लो समय नेकपाका नेताहरु गल्फको लतमा पर्न थालेका छन् । उनीहरुको गोकर्ण गल्फ मैदान आजाउ बढ्न थालेको छ ।

कुनैबेला निकै सामान्य जीवनयापन गर्ने नेकपाका नयाँ पीढीका नेताहरु समेत विलासी जीवनयापन गर्न थालेका छन् । समयले निकै कोल्टे फेरेको र कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता निकै हाइफाइ जीवन बिताउन थालेको एक कम्युनिस्ट नेता बताउँछन् ।

नेपालपानाबाट