अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’को रिलिज मिति घोषणा
२४ फाल्गुन २०७७, सोमबार १६:४१
काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’को रिलिज मिति घोषणा गरिएको छ ।
आज सोमबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उनले उँदो वर्षको भदौ १८ लाई रिलिज मिति घोषणा गरिएको छ। फिल्मको फष्टलुक पोस्टरसमेत सार्वजनिक गरेको छ । उक्त्त फिल्म सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा झरना थापाको निर्देशन छ । फिल्म ‘ए मेरो हजुर ४’ हाल छायांकनको अन्तिम चरणमा छ । अनमोल र सुहानाले यसअघि फिल्म ‘ए मेरो हजुर ३’मा अभिनय गरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया