पर्माका दुई खेलाडीमा कोरोना संक्रमण
४ जेष्ठ २०७७, आईतवार १४:२१
एजेन्सी । इटालियन क्लब पर्माका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।
आफ्ना दुई खेलाडीमा कोरोना देखिएको इटालियन सिरी ए क्लब पर्माले जनाएको छ ।
कोरोना पोजेटिभ देखिएपछि दुई खेलाडीलाई आईसोलेसनमा राखिएको छ । सोमबारबाट टिमको प्रशिक्षण गर्ने तयारी गरिरहदा पर्माका दुई खेलाडीमा कोरोना देखिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया