सत्ता खेलमा अल्झिँदै सांसद
२३ फाल्गुन २०७७, आईतवार ०७:५२
काठमाडौँ । नेकपा भित्रको विवाद छिनोफानो नहुँदै पुनःस्थापित प्रतिनिधिसभा अधिवेशन आइतबार सुरु हुँदै छ । प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले खारेज गरेपछि सरकारको सिफारिसमा राष्ट्रपतिले हालै अधिवेशन आह्वान गरेकी हुन् । दिउँसो ४ बजे प्रतिनिधि सभाको सातौँ बैठक बस्ने तय भएको छ ।
झण्डै दुई तिहाइ जनमतसहित सरकारको नेतृत्व गरिरहेको नेकपाको कानुनी विभाजन नहुँदा सांसदका गतिविधि पनि प्रभावित बन्ने देखिएको छ । यो बेला संसदीय दलबाट दुवै पक्ष आफूसँग बहुमत रहेको देखाउन जोडबलसाथ लागिपरेका छन् ।
नेकपा प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी २२३ सांसद छन् । प्रतिनिधि सभामा सांसद सानु शिवाको निधनपछि सभामुखलाई छाडेर १७२ र राष्ट्रिय सभामा अध्यक्ष र उपाध्यक्षबाहेक ४८ गरी कुल २२० सांसद छन् ।
तर, अचम्म यो छ कि शुक्रबार दाहाल–नेपाल पक्ष र शनिबार ओली पक्ष दुवैले आफ्नो पक्षमा ११५ जना सांसद सहभागी भएको दाबी गरेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया