गोर्खाली सेनाहरुको कथामा उठान चलचित्र “ गोर्खे “ – आजबाट हलमा रिलिज – Nagarikabhiyan : National News

गोर्खाली सेनाहरुको कथामा उठान चलचित्र “ गोर्खे “ – आजबाट हलमा रिलिज

काठमाडौं ।  प्राविधिकहरुले मिलेर निर्माण गरेको गोर्खाली सैनिकहरुको कथालाई उठान गर्दै बनाएको “ गोर्खे “ चलचित्र आजबाट हलमा लागेका हुन् ।

यो चलचित्र रिलिज भएको डेढ महिनापछि नेपालका चलचित्र भवनहरुमा रिलिज भएका छन् । यो एउटा  प्रेम कहानी र गोर्खाली सैनिक बन्नका लागि संघर्ष गरिरहेका ५ जना यूवाहरुको कथालाई चलचित्रले बयान गरेको पाइन्छ ।

यो चलचित्र किम्मत गौतमको निर्देशनमा तयार भएको छ । जुन चाहि चलचित्रमा रविन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरङ, एन्जल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेका छन् । यो चलचित्रमा काजी लिम्बुको कथा, हिमाल केसीको एक्सन, सौरभ लामा र निरज कँडेलको छायांकन, मित्र डी गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत छन ।