मधेसमा मन्त्री प्रभु साहको गम्भीर अपराध, १० वर्षसम्म जेल सजाय हुनसक्ने! – Nagarikabhiyan : National News

मधेसमा मन्त्री प्रभु साहको गम्भीर अपराध, १० वर्षसम्म जेल सजाय हुनसक्ने!

काठमाडौं । किसानलाई अन्नदाता मानिन्छ । झन तराई मधेसमा त खेतीकिसानी बढि हुने ठाउँ भएकाले अर्थतन्त्रमै किसानको महत्वपूर्ण योगदान छ ।

तर सहरी विकास मन्त्री प्रभु साहले भने तिनै किसानलाई लात हानेका छन् । सर्वहाराका लागि १० वर्ष जनयुद्ध लडेको पृष्ठभूमिको पूर्वमाओवादी नेता साहले आफ्नो गृह जिल्लामा किसानमाथि अत्याचार गर्दै गम्भीर अपराध गरेका छन् ।

मन्त्री साहको निर्देशनमा रौतहट जिल्लाको मौलापुर नगरपालिकामा शिवराति मेला महोत्सवको लागि मेला संचालन गर्न किसानको मुखको गाँस खोसिएको छ । यो नगरपालिकाको मेयर महिना नेतृ रीना कुमारी साह छिन् । उनी पनि मन्त्री साहकै नातेदार भएको बताइएको छ ।

Prabhu sah Apradh.webp

किसानको बाली मासेर गर्न लागेको कार्यक्रममा भोजपुरी कलाकार अंक्षरा सिंह र प्रदिप पाण्डे यहीँ फाल्गुन २७ गते आउन लागेको बताइएको छ । स्थानीयले गरिब, असहाय किसानको वास्तविक नष्ट गरिएको बालीको मुआब्जाको व्यवस्थापनको माग गरेका छन् ।

Prabhu Sah.webp

तर नगरपालिकाले भने वेवास्ता गरेको छ । रौतहटमा पाक्नै लागेको गहुँबाली नष्ट गराएपछि पूर्वसचिव भीम उपाध्यायले फेसबुकमार्फत मन्त्री साहको गन्तब्य जेल हुने उल्लेख गरेका छन् ।

उपाध्यायले खाद्य ऐन अनुसार साहलाई १० वर्षसम्म जेल हुनसक्ने र मुद्दा हाल्न किसानलाई सुझाएका छन् ।

खाद्य अधिकार ऐन ०७५ को दफा ४० र ४२ बमोजिम कसैले खाद्यान्न नष्ट गराएमा १० वर्षसम्म कैद र रु १० लाख सम्म जरिवाना हुन सक्ने प्रावधान छ ।