बिपन्न परीवारलाइ राहत
२४ चैत्र २०७६, सोमबार १०:०६
रामधुनी : रामधुनी नपा २ मा बिपन्न परीवारलाइ आइतबार राहत बितरन गरिएको छ । अती बिपन्न तथा मजदुर बर्गलाइ राहत वाडिएकाे वडा सदस्य अनन्तराम चौधरीले जानकारी दिए ।
परीवारको संख्या अनुसार चामल, दाल, नुन, तेल, साबुन बितरन गरिएको छ । त्यसैगरी वडामा बिपन्न बर्गलाइ मास्क बितरन गरिएको जनाइएको छ ।
सामाजिक दुरीमा रहेर राहत बितरन गरिएको थियो । यति बेला लक डाउनकाे पालना गरिएको छ । कोरोना भाइरसको संक्रमन बाट सतर्कता अपनाउन मास्कको प्रयोग बढेकाे छ ।
रामधुनी नपाको ग्रामीण क्षेत्रमा सचेतनाको अभाबमा चिया पसल अझै खुल्दा पसलमा भिड लागेको पाइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया