बाबुरामको प्रश्न : ओलीले संविधान र कानूनविरूद्ध प्रहार गरिरहँदा अरू तमासे बनिरहने ? – Nagarikabhiyan : National News

बाबुरामको प्रश्न : ओलीले संविधान र कानूनविरूद्ध प्रहार गरिरहँदा अरू तमासे बनिरहने ?

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानूनमाथि प्रहार गर्दा अरु तमासे बनेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले ओलीले संविधान, कानून र लोकतन्त्रविरूद्ध खड्गप्रहार गरिरहँदा अरू तमासे बनिरहेको टिप्पणी गरेका हुन् । ’खड्गप्रसादले संविधानरकानूनरलोकतन्त्रविरूद्ध खड्गप्रहार गरिरहनेः अरू तमासे बनिरहने ?’ डा. भट्टराईले प्रश्न गरे ।

‘प्रतिनिधिसभा विघटन ! संवैधानिक परिषद् वस्तुत विघटन र खल्तीबाट आयोगहरू पूर्ति ! प्रदेश प्रमुख बर्खास्त ! सचिव र कर्मचारीहरूको पजनी ! फाष्ट ट्रयाक, तल्लो अरूण झ्वाम ! नभुलौँ । हिटलर लोभी र कायरकै काँध चढेर आएको थियो ।’ भट्टराईले उल्लेख गरेका छन् ।