बामदेव गौतम गृहमन्त्री बन्न लागेका हुन् ? बाहिर ल्याइयो भित्रि कुरा
७ फाल्गुन २०७७, शुक्रबार १९:३१
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुँदा एकता राष्ट्रिय अभियान सञ्चालन गरेका संयोजक बामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री बन्ने हल्ला चलेको छ ।
गृहमन्त्री हुने हल्ला चलेपछि गौतमले स्पष्टीकरण दिएर भित्रि कुरा बाहिर ल्याएका छन् । गौतमले भ्रामक समाचारको विश्वास नगर्न अनुरोध गरेका छन् ।
उनले आफ्नो चरित्र हत्या गर्ने समूहले केही सञ्चारमाध्यममा केपी ओलीको नेतृत्वको सरकारमा गृहमन्त्री बनेर जाने भन्दै भ्रामक समाचार लेखेकोप्रति आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी २ पक्षमा विभाजन भएपछि गौतम नेकपा एकता अभियानमा लागेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वमा एउटा तथा ओली नेतृत्वमा अर्को समूह बनेपछि गौतमले नेकपा एकता अभियान चलाएका छन् ।
ओली सरकारमा गृहमन्त्री बनेर जान लागेको भन्दै आफ्नो विषयमा समाचार सार्वजनिक भएपछि गौतमले भ्रममा नपर्न अनुरोध गरेका छन् ।
‘मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एक पटक सतहमा आएको छ । केही सञ्चारमाध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बनेर बामदेव जाँदैछन् भन्ने गÞलत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ,’ गौतमले भनेका छन्, ‘मेरा सबै मित्रहरूलाई यस किसिमका भ्रामक समाचारहरूलाई विश्वास नगर्नु हुन हार्दिक अनुरोध गर्दछु ।मिडिया डबलीबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया