कोशी अध्यक्ष कपको उपाधि रामधुनीलाई – Nagarikabhiyan : National News

कोशी अध्यक्ष कपको उपाधि रामधुनीलाई

सुनसरीको सीमावर्ती कोशी गाउँपालिका–५ कुम्याहीमा सम्पन्न भएको तेस्रो अध्यक्ष कपको उपाधि रामधुनी फुटबल क्लवले हात पारेको छ । शुक्रबार सम्पन्न भएको फाइनल खेलमा आयोजक कुम्याही फुलबल क्लवलाई १–३ गोल अन्तरले पराजित गर्दै रामधुनी फुटवल क्लवले उपाधि हात पारेको हो । उपाधि चुमेको रामधुनीले नगद ५५ हजार रुपियाँ, सिल्ड र मेडल हात पारेको छ भने उपबिजेतामा चित बुझाएको कुम्याहीले ४१ हजार रुपियाँ नगद र सिल्ड प्राप्त गरेको छ ।

बिजेता र उपबिजेतालाई प्रमुख अतिथि कोशी गाउँपालिका–५ का वडाध्यक्ष साहजमाल र सशस्त्र प्रहरी निरीक्षक पूर्णबहादुर दाहालले पुरस्कार वितरण गरेका थिए ।