मानव अधिकार समुहको बैठक कोशीमा सम्पन्न
७ फाल्गुन २०७७, शुक्रबार १५:३५
सुनसरीको कोशी गाउँपालिकामा गठित मानव अधिकार समुहको नियमित बैठक कोशी टप्पुमा सम्पन्न भएको छ । मानव अधिकारको अवस्था र सुशासनको बारेमा छलफल गर्दै आफनो मासिक बैठक सम्पन्न गरेको समूहकी अध्यक्ष अनिता उराँवले जानकारी दिनुभयो । उराँवका अनुसार समुहले यो महिनामा शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक सचेतनासँगै पालिकाभरीका विद्यालय र बालविकास केन्द्रको अनुगमन गर्ने, आवास अधिकार सम्वन्धी कार्यक्रम फागुन १६ गते गर्ने र समूहका पदाधिकारीका लागि अवलोकन भ्रमण कार्यक्रम यही महिनामा गर्ने निर्णय भएको छ । बैठकमा समुहकी रिना मण्डल, चन्द्रकला नेपाल, अन्जुम खातुन, गिता पौडेल, राजकुमार शर्मा, आरती सदा, ब्रजेश यादव र इन्सेक प्रतिनिधि जयकृष्ण यादव लगायतको सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
समूहले कोशीमा शिक्षा, स्वास्थ्य, खाध्य र आवास अधिकारको बिषयमा अभियानमुखी कार्यक्रम गर्दै आएको छ । कार्यक्रम जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तरगत गर्दै आएको समुहका सदस्य मुस्ताक आलमले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया