ओस्कार अवार्ड कार्यक्रम पहिलो पटक स्थगित – Nagarikabhiyan : National News

ओस्कार अवार्ड कार्यक्रम पहिलो पटक स्थगित

काठमाडौं । सन् १९२९ देखि सुरु भएको ओस्कार अवार्ड कार्यक्रम लकडाउनका कारण पहिलो पटक स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड १९)ले विरश्वभर महामारीको रुप लिएपछि ओस्कार अवार्ड कार्यक्रमलाई यो पटक स्थगित गरिएको हो । लकडाउनका कारण धेरै चलचित्रहरु रिलिज हुन पाएन साथै नोमिनेशनको लागि पर्याप्त मात्रमा एन्ट्री नभए पछि स्थगित भएको हो ।

सामान्यतया ओस्कारको लागि आवेदन मार्च या अप्रिलमा हुने गथ्र्याे । नोभेम्बर डिसेम्बरमा सर्ट लिस्ट तयार हुन्थो । जनवरीमा जुरीले भोट गर्थे । तर लकडाउनका कारण यस वर्ष चलचित्र नै रिलिज भएको छैन । पछिल्लो समय एकेडेमीले समेत परिवर्तित तालिका सार्वजनिक गरेको थियो । यस वर्ष रिलिज भएको फिल्म २०२२ सम्म नोमिनेसन गर्न सकिने बताइएको थियो ।

महामारीलाई ध्यानमा राख्दै केहि नियम बदलिएको छ । तर यो परिवर्तन स्थाई भने होइन् । यस वर्ष प्रदर्शन हुने फिल्मका लागि मात्रै यो नियम लागु हुनेछ । नोमिनेसन क्याटागोरी घटाएर २३ बनाइएको ।