ओलि समुहमा सुरु भयो बिद्रोहा , बादल सहितका यि नेता दाहाल समुहमा फर्किदै !
३ फाल्गुन २०७७, सोमबार १६:३५
काठमान्डौ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले जनयुद्ध दिवस नमनाएपछि ओली समूहमा रहेका पूर्व माओवादी नेताहरु असन्तुष्ट भएका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादल ओलीसँग असन्तुष्ट भएका छन् । उनले पूर्व माओवादीकै रुपमा आफूलाई भागवण्डा र आफ्ना निकटस्थलाई अवसर हुनुपर्नेमा जोड दिदै आएका छन् । बादल माओवादी जनयुद्धमा प्रभावशाली नेतामध्येका थिए ।
बादलले युवा संघको पुनः संरचनामा समेत असन्तुष्टि जनाएका छन् । उनी निकट युवा संघका नेता कार्यकर्ताले पुनःसंरचनाको कार्यक्रम नै बहिष्कार गरेका थिए ।
ओलीसँग असन्तुष्ट बन्दै गएका बादलले कुनैपनि बेला विद्रोह गर्न सक्ने बुझिएको छ । बादलले निकटस्थसँग यसबारे छलफल समेत गरेका थिए । विश्वस्त स्रोतका अनुसार उनी नेकपाको प्रचण्ड माधव नेपाल समूहका केही नेताहरुसँग नियमित सम्पर्कमा छन् ।
यसअघि बादल पूर्व माओवादी समूह छाडेर कित्ता परिवर्तन गरेर ओली समूहमा गएका थिए । उनले प्रचण्डलाई सार्वजनिक रुपमा जावलाखेलको जु मा लगेर थुन्ने चेतावनी समेत दिएका थिए । प्रहारमा समाचार छ ।
ओलीकैे जितहुने तिन नेताको बिश्लेषण
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गर्नेमा यसका पक्षधर नेताहरुले नै आशंका गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको पक्षमै फैसला जाने आशंका गर्न थालेका हुन् ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा विश्वासको संकट रहेकाले अदालतले गर्ने फैसला पनि ओलीको कदमको पक्षमा जानसक्ने आशंका व्यक्त गरे ।
आज राजधानीमा बोल्दै उनले ओलीको पक्षमा फैलसा हुनसक्ने आशंका व्यक्त गरेका हुन् । पौडेलले भने, ‘मुलुकमा विश्वासको संकट भइरहेको बेलामा अदालतले पनि अर्कै फैसला गर्ने हो कि ?
ओलीले संसद विघटन गर्न पाउने कुनै धारा र अक्षर पनि नभएको उल्लेख गर्दै अविश्वास गर्ने ठाउँ बनेको बताए ।यसअघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत बुधबार सर्वोच्च अदालतलाई चेतावनीको भाषामा संसद पुनःस्थापना नभए सजिलो नठान्न चेतावनी दिए ।
उनले आन्दोलनको आँधीबेहरी ल्याएर १० लाख जनता उतारेर बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी दिए । प्रचण्डले निर्वाचन आयोगप्रति पनि आशंका व्यक्त गरे ।
आज प्रधानमन्त्री ओलीले बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै निर्धक्कसँग सर्वोच्च अदालतले संसद विघटनविरुद्ध परेको रिटको विपक्षमा फैसला गर्ने बताए ।
अदालतले देशलाई अस्थिरतातर्फ नधकेल्ने उनको भनाई थियो । निर्वाचन आयोगले पनि आफ्नै समूहलाई वैधानिकता प्रदान गर्ने दाबी गरे । ओलीले वैशाखको चुनाव कसैले रोक्न नसक्ने बताए ।
यसैगरी, माधवकुमार नेपाल निकट नेकपा केन्द्रीय सदस्य शेरबहादुर बस्नेतले संसदीय व्यवस्था अफापसिद्ध भएको बताइसकेका छन् ।
उनले घुमाउरो भाषामा संसद पुनःस्थापनाको सम्भावना नदेखेको बताए । बरु प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्नेमा जोड दिए । उनको यो भनाईले पनि प्रतिनिधि सभा पुनःस्थापनाको सम्भावना कमजोर हुँदै गएको छ ।
प्रचण्डले अदालतलाई थ्रेट दिने भाषामा चेतावनी दिनुले पनि संसद पुनःस्थापना नहुने संकेतहरु देखिएका छन् । सर्वोच्च अदालतले अबको केही हप्तामा प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा भइरहेको सुनुवाईको अन्तिम किनारा लगाउने सम्भावना भइरहँदा नेताहरुले नै अदालतप्रति आशंका गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया