सूर्य चिन्हसहित ओली नेतृत्वको नेकपा आधिकारिक घोषणा, प्रचण्ड समुह सडककाे-सडकमै ! – Nagarikabhiyan : National News

सूर्य चिन्हसहित ओली नेतृत्वको नेकपा आधिकारिक घोषणा, प्रचण्ड समुह सडककाे-सडकमै !

काठमाडौँ ।  उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले ओली नेतृत्व नै नेकपा आधिकारिक पार्टी भएको कारण सूर्य चिन्ह पनि बाहिर नजाने घोषणा गरेका छन्।

प्रेस सङ्गठन नेपाल, गण्डकी प्रदेशस्तरीय भेलाको आइतबार पोखरामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । त्यस्तै उनले राजनैतिक स्थायित्व र समृद्धिको अभियानलाई पूरा गर्न ताजा जनादेशमा जान खोजिएको बताएका छन् । मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको उनको भनाइ छ।

प्रतिनिधिसभा विघटन रहर नभई बाध्ययता भएको उल्लेख गर्दै निर्वाचनलाई सफल पार्न सबैको साथ र सहयोग अपरिहार्य हुनेमा उनको जोड थियो । मुलुकको समृद्धि र राजनैतिक स्थिरताका लागि पार्टीको एकीकरण भएको चर्चा गर्दै पोखरेलले पार्टीभित्र देखिएको पदोलोलुपता र सत्तालिप्साको कारण लक्षित योजनाले साकार पाउन नसकेको धारणा राखे।

पत्रकार पेशागत दक्षताको विकाससँगै विचारमा जिम्मेवारी हुनुपर्नेमा जोड दिँदै उनले सरकारले तीनवर्षे कार्यकालमा गरेका उपलब्धिलाई जनता समक्ष पर्‍याउन मिडियाले भूमिका खेल्नुपर्ने बताए।

सरकारले जनतालाई स्वास्थ्यमा पहुँच पुर्‍याउने लक्ष्यका साथ मुलुकको इतिहासमै पहिलो पटक एकै दिनमा ३०९ वटा अस्पतालको शिलान्यास गरेको बताउँदै उनले अस्पतालको भौतिक संरचना निर्माणका लागि रु ५६ अर्ब विनियोजन गरेको जानकारी।

तेह्रथुम। प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको रामकुमारीपछि आफु र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गिरफ्तार गर्ने योजना रहेपनि त्यो सफल हुन नसकेको बताएका छ्न । आइतबार तेह्रथुमको सदरमुकाम म्याङलुङ बजारमा आयोजित विरोधसभामा अध्यक्ष नेपालले तर्साउन झाँक्रीपछि आफु र प्रचण्डलाई गिरफ्तार गर्ने योजना भएपनि झाक्री गिरफ्तार गर्दा उर्लिएको जनसागरले ओली आफै डराएर पछि हटेको बताए।

‘रामकुमारीलाई पहिले समात्ने अनि माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गिरफ्तार गर्ने योजना रहेछ । कस्ता फूर्ति कस्ता घुर्की । तिनले तर्साएर हामी तर्सने मान्छे हौ ?’ अध्यक्ष नेपालको प्रश्न छ । उनले ज्ञानेन्द्र जस्ताको त आफुुहरुले सातो लिएको भन्दै केपी ओली कहाँका हुन् ?

भनेर प्रश्न गरे। अध्यक्ष नेपालले देशका समग्र समस्याप्रति प्रधानमन्त्री ओलीलाई कुनै चासो र चिन्ता नभएको पनि बताए । ‘मुलुकका सारा समस्यामा छलफल गरौ भन्यो सुन्दैनन, उनलाई एउटै कुराको चिन्ता छ त्यो भनेको प्रधानमन्त्रीमा कसरी टिकिराखौ’ अध्यक्ष नेपालको भनाइ छ।

उनले उनले मान्छेहरु भोकभोकै पर्दा, कोरोनाले थलिदा, महिलाहरु बलात्कारमा पर्दा, बन्द उद्योग धन्दाहरु चलाउ भन्दा समेत ओलीले वेवास्ता गर्ने गरेको गुनासो गरे । अध्यक्ष नेपालले ओलीको सन्की स्वभावकै कारण उनीसँग केन्द्रीय समितिमा सय जना भन्दा बढि नरहेको भन्दै बहुमत आफ्नो पक्षमा रहेकाले नेकपा आफ्नो पार्टी भएको दावी गरे।

‘जससँग बहुमत हामीसँग छ । यो पार्टी हाम्रो पार्टी हो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । केपी ओलीको पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपा हुन सक्दैन’ अध्यक्ष नेपालको भनाई छ । उनले केपी ओलीलाई रहर नै भए ओली फाउन्डेसन बनाउन सुझाव पनि दिए।