बलिउड अभिनेता राजीव कपुरको निधन
२७ माघ २०७७, मंगलवार १६:२४
मुम्बई । बलिउड अभिनेता ऋषि कपुर र रणधीर कपुरका भाइ राजिव कपुरको निधन भएको छ ।
राजीव कपूरकाे हृदयाघातका कारण निधन भएकाे उनका ठूला दाजु रणधीर कपूरले बताएकाे बीबीसीमा उल्लेख छ ।
राजीव कपूर ५८ वर्षका थिए । उनी राज कपूरका कान्छाे छाेरा थिए भने रणधीर कपूर र ऋषि कपूरका भाइ थिए ।
उनले राज कपूरकाे फिल्म ‘राम तेरी गंगा मैली’ बाट फिल्मी यात्रा सुरु गरेकाे थिए । त्याे फिल्म निकै सफल रहेकाे थियाे । यद्यपि राजीव कपूरले धेरै फिल्ममा काम गरेनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया