प्रधानमन्त्री ओलीविरुद्ध गर्जिदै उपेन्द्र यादवले भने- जंगबहादुर बन्न खोजेको ? – Nagarikabhiyan : National News

प्रधानमन्त्री ओलीविरुद्ध गर्जिदै उपेन्द्र यादवले भने- जंगबहादुर बन्न खोजेको ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले
प्रधानमन्त्री केपी शर्मा ओलीलाई राणकालिन प्रधानमन्त्री जंगबहादुरसँग तुलना गरेका छन् ।

शनिबार धनकुटामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओलीलाई जंगबहादुर बन्न खोजेको आरोप लगाएका हुन् ।

नेता यादवले भने, ‘जीवन्त पार्टीमा विवाद, मतभेद हुन्छ, फरक विचार भएन भने त पार्टी नै हुँदैन तर त्यसैलाई बहाना बनाएर ओली प्रतिनिधिसभा भंग गर्नुभयो’

उनले प्रश्न गरे, ‘यस्तो गर्न जंगबहादुरको पालामा मात्रै पाइन्थ्यो, के केपी शर्मा ओलीले पनि जंगबहादुर बन्ने सपना देख्नुभएको हो ?’

यस्तै प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा भंग गरेको यादवको भनाइ छ ।

उनले भने, ‘शेरबहादुरजीले गरेको विघटनलाई पनि अदालतले सदर गरेको थियो तर जनताले २०६२र०६३ को आन्दोलनपछि संसद पुनास्र्थापना गरे, त्यसकारण भन्छु जनताको अदालत भन्दा ठूलो अदालत अर्को छैन । यद्यपि सर्वोच्च अदालतप्रति मेरो विश्वास र सम्मान छ ।’