प्रचण्डको निर्देशनमा प्रधानमन्त्रीलाई रोक्ने सभामुखको प्रयास असफल, अगाडि बढे ओली, राष्ट्रपतिको ‘ग्रीन सिग्नल’ – Nagarikabhiyan : National News

प्रचण्डको निर्देशनमा प्रधानमन्त्रीलाई रोक्ने सभामुखको प्रयास असफल, अगाडि बढे ओली, राष्ट्रपतिको ‘ग्रीन सिग्नल’

काठमाडौं । संसद विघटनपछि सभामुख अग्नी सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्ने प्रयास असफल भएको छ ।

संसद हुँदा विभिन्न विधेयकमा असहयोग गरेर रोकेका कारण प्रधानमन्त्रीले कामै गर्न नसकेपछि विघटन गरेका थिए ।

विघटनपछि पनि सभामुख सापकोटा पार्टीकै अध्यक्ष प्रचण्डको निर्देशनमा प्रधानमन्त्रीको अध्यक्षतामा रहेको संवैधानिक परिषद्ले संवैधानिक आयोगहरुमा गरेको नियुक्ति सिफारिस फिर्ता गरेर रोक्न खोजे ।

हुन त विघटन अगाडि पनि परिषदको बैठक अनुउपस्थित भएर असहयोग गरेका सभामुख विघटनपछि पनि प्रधानमन्त्रीले अध्यादेश ल्याएर तीन जनामात्रैको निर्णयले सिफारिस गर्न मिल्नेगरी सिफारिस गरेका थिए ।

सुरुमा बैठकमा उपस्थित नहुने र पछि प्रधानमन्त्री गरेको सिफारिस नियम विपरित एकलौटी फिर्ता गरे असहयोग गर्न खोजे । तर सभामुखको फिर्तालाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले काउन्टर दिए । प्रचण्डको निर्देशनमा चल्ने सभामुख सापकोटा यसपालि असफल भए ।

संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस भएको आज ४५ दिन पुगेको छ । सरकारले सिफारिस गरेका पदाधिकारी तथा सदस्यहरुलाई नियुक्त गर्ने तयारी भएको छ । संवैधानिक परिषद्ले सिफारिस गरेका नामलाई राष्ट्रपति कार्यालयले आज नियुक्त गर्ने तयारी गरेको हो । आज शपथ खुवाउने तयारी छ ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत निकायमा नियुक्त सिफारिस गरेको छ ।

संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाई समितिबाट अनुमोदन हुनुपर्छ ।

यद्यपि, समितिले ४५ दिनसम्म निर्णय दिन नसकेमा भने नियुक्तिमा बाधा नहुने व्यवस्था संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावलीमा उल्लेख छ । यसैलाई आधारमा मानेर आज नियुक्त गर्ने तयारी राष्ट्रपति कार्यालयले गरेको हो ।

संवैधानिक परिषद्ले संवैधानिक निकायका ३८ पदमा नियुक्तका लागि सिफारिस गरेको थियो ।