अनुष्काले गरिन् छोरीको पहिलो तस्बिर सार्वजनिक – Nagarikabhiyan : National News

अनुष्काले गरिन् छोरीको पहिलो तस्बिर सार्वजनिक

एजेन्सी। बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले छोरीको पहिलो तस्बिर सार्वजनिक गरेका छन्। ११ जनवरीमा छोरीको अभिभावक बनेका विराटले भने यसअघि सामाजिक सञ्जालको माध्यमबाट आफ्ना प्रशंसकहरूसँग खुशीको खबर शेयर गरेका थिए।

फेब्रुअरी १ ​​मा उनको जन्म भएको २१ दिन पछि अनुष्काले छोरीको पहिलो तस्बिर शेयर गरेकी छिन। उनले छोरीको तस्बिर शेयर मात्र होईन उनको नाम पनि बताएकी छिन्।

सोमबार अनुष्काले इन्स्टाग्राममा एउटा तस्बिर शेयर गरिन् जसमा उनले छोरीलाई आफ्नो काखमा राखेकी छिन्। अनुष्का र विराटले छोरीलाई हेरिरहेका छन्। विराट अनुष्काले उनको छोरीको नाम वामिका राखेका छन्। वामिका दुर्गा माताको पर्यायवाची नाम हो।

अनुष्काले लेखेकी छिन्, ‘हामी जीवनमा सँगै छौं एक अर्काप्रति आफ्नो प्रेम र कृतज्ञता व्यक्त गर्दैछौं तर अब यो सानी प्यारी प्रेमिकाले हाम्रो भावनालाई अर्कै तहमा पुर्‍याएकी छन्। आँसु, खुशी चिन्ता वरदान सबै भावनाहरू कहिलेकाँहि एक क्षणमा मात्र महसुस हुन्छन्। निद्रा भागेको छ तर हाम्रो हृदय प्रेमले भरिएको छ। तपाईहरुको प्रार्थना र सकारात्मक ऊर्जाको लागी धन्यबाद। अनुष्काको तस्बिरमा विराटले टिप्पणी गर्दै लेखेका छन्। मेरो सम्पूर्ण विश्व एक फ्रेममा।