अध्यक्ष नै फेरेर ओली समुहले गर्याे कमाल, यी हुन् नयाँ पदाधिकारी !
१६ माघ २०७७, शुक्रबार १९:३६
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समूहको लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा लीला गिरी नियुक्त भएका छन् । नेकपा विभाजन भएसँगै ओली पक्षले पार्टी कमिटीलाई पुनर्गठन गर्दै नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
बिहीवार बसेको बैठकले पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत रहेका गिरीलाई अध्यक्षको जिम्मेवारी दिएको हो।
पार्टी विभाजन हुनुअघि पूर्व सभामुख ओनसरी घर्ती अध्यक्ष थिइन् । त्यस्तै जिल्ला तहमा रुपन्देहीमा शिव सुवेदी संयोजक, तेजेन्द्र केसी सहसंयोजक र अनुप बराललाई सचिवको जिम्मेवारी दिइएको छ ।
कपिलवस्तुमा झविलाल पोखरेल संयोजक, डम्बर शर्मा सहसंयोजक र धर्म भुसाल सचिवको जिम्मेवारी दिइएको छ ।
दाङमा हुकुमबहादुर बस्नेतलाई संयोजक र मनोहर बुढाथोकीलाई सचिव तथा बाँकेमा सूर्य ढकाल संयोजक, किस्मत कक्षपति सहसंयोजक र प्रमोद धिताल सचिवको जिम्मेवारीमा तोकिएका छन् ।
बर्दियामा लालबहादुर श्रेष्ठलाई संयोजक, शालिकराम अधिकारीलाई सहसंयोजक र पदम ढकाललाई सचिव तोकिएको छ ।
गुल्मीमा संयोजक मधुकृष्ण पन्त, सहसंयोजक बालसिंह काउचा र सचिव धर्मबहादुर विकलाई तोकिएको जनाइएको छ ।
अर्घाखाँचीमा चेतनारायण आचार्यलाई संयोजक र तेजबहादुर रायमाझीलाई सचिवको जिम्मेवारी तोकिएको छ ।
पाल्पामा संयोजकमा नारायणप्रसाद आचार्य र सचिवमा ओमबहादुर घर्ती तथा नवलपरासी पश्चिममा दीपेन्द्र अधिकारीलाई संयोजक तोकिएको छ । प्युठानमा तुलसीराम शर्मालाई संयोजक तोकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया