दुहबीमा तेस्रो मेयरकप फुटबल प्रतियोगिता माघ १७ गतेदेखि – Nagarikabhiyan : National News

दुहबीमा तेस्रो मेयरकप फुटबल प्रतियोगिता माघ १७ गतेदेखि

दुहवी (सुनसरी)  । सुनसरीको दुहबीमा तेस्रो मेयरकप फुटबल प्रतियोगिता माघ १७ गतेदेखि हुने तयारी पुरा भएको छ । दुहबी नगरपालिकाले पत्रकार सम्मेलन गरि माघ १७ गते देखि माघ २८ गतेसम्म हुने मेयरकपमा दुहबीको १२ वटा वडाले प्रतिस्पर्धा गर्ने आयोजक एलेभेन एरोज क्लब दुहबीका अध्यक्ष दिपक राइले जानकारी दिनुभयो ।

दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले ग्रासरुटबाटै स्थानीय खेलाडी उत्पादन हुने दुहबीमा चाडैं फुटबल एकेडेमीको स्थापना गर्ने बताउनुभयो । स्वास्थ्य र राष्ट्रको पहिचानका लागि खेल अतिआवश्यक भएको बताउँदै नगरप्रमुख गच्छदारले भन्नुभयो यो प्रतियोगिताले नगरभित्रका खेलाडीहरुलाई प्रोत्साहन गर्नेछ । स्थानीयस्तरबाट खेलाडी उत्पादनलाई जोड दिँदै नगरपालिकाले खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको नगर उपप्रमुख सुनिता दाहाल शाहले बताउनुभयो ।

दुहबी ५ स्थित श्री सरस्वती माबिको खेल मैदानमा हुने प्रतियोगितामा प्रथम हुने वडाले उपाधी सहित १ लाख १ हजार नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले ५१ हजार नगद तथा शिल्ड मेडल प्राप्त गर्नेछ ।