बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा
१५ माघ २०७७, बिहीबार १३:१७
काठमाडौं । बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा पुगेको छ । गएराति भएको खेलमा रायो भालेकानोमाथि २-१ को पुनरागमन जीत निकाल्दै बार्सिलोनाले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी र फ्रान्की डि जोङले गोल गरे । भालेकानोका फ्रान्सिस्को गार्सियाले सान्त्वना गोल गरे । तीनवटै सबै गोल मध्यान्तरपछि भएका हुन् ।
कोपा डेल रे कै अन्य खेलहरुमा सेभिल्लाले भ्यालेन्सियालाई ३-९ ले हाराएको छ । अल्मेरियाले ओसासुनालाई टाइब्रेकरमा ५-४ ले पराजित गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया