अभिनेत्री जयश्रीको शंकास्पद मृत्यु – Nagarikabhiyan : National News

अभिनेत्री जयश्रीको शंकास्पद मृत्यु

काठमाडौं । कन्नड अभिनेत्री जयश्री रमैयाको शव अवस्थामा भेटिएको छ । बैंगलोस्थित आवासमा डोरीमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो ।

जयश्रीले आत्महत्या गरेको अनुमान लगाइएको छ । यद्यपी, यस घटनाको जाँच अझै पुलिसले गरिरहेको छ । गत वर्ष पनि जयश्रीले आत्महत्याको कोशिस गरेकी बताइएके छ । यस क्रममा दक्षिण भारतका सुपर स्टार किच्चा सुदीपले जयश्रीलाई बचाएका थिए ।

जुलाई २०२० मा जयश्रीले सामाजिक सञ्जालमार्फत् आफू डिप्रेसनसँग जुधिरहेको र संसार छोड्ने निर्णय लिएको बताएकी थिइन् । यद्यपी, तत्कालीन समय अभिनेता किच्चा सुदीप उनको सहयोगका लागि पुगे र ज्यान पनि जोगाए । त्यसपछि जयश्रीले यस पोस्टका लागि माफी माग्दै आफूलाई सहयोग गरेकोमा सुदीपलाई धन्यवाद दिएकी थिइन् ।

जयश्री बिग बोस कन्नडको तेस्रो सीजनमा पनि देखिएकी थिइन्, किच्चा सुदीपले नै यसलाई होस्ट गरेका थिए । द नेपालटप