सिंहको स्मृति दिवसमा अन्तरक्रिया
१० माघ २०७७, शनिबार १७:५०
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा गजेन्द्र नारायण सिंहको १९ औं स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र सुनसरीको आयोजनामा शनिवार सिंहको पुण्यतिथिको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । पहिचान र अधिकारका लागि संघर्षरत रहनुभएका मधेश आन्दोलनका शुत्रधार तथा समतावादी आन्दोलनका प्रणेता गजेन्द्र नारायण सिहंको संघर्ष र अहिलेको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक चुन्नी खातुन सोनियाले जानकारी दिईन् । खातुनका अनुसार थारुहट अन्दोलनका अगुवा नेता राजकुमार लेखीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा भुवनेश्वर यादव, सुकदेव यादव, सन्तोष मेहता लगायतका नेताहरुले बोलेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया