कोसीका लकडाउन पीडितलाई राहत दिनुपर्ने माग
२३ चैत्र २०७६, आईतवार ०८:००
सुनसरी : सुनसरीको कोशी गाउँपालिकाका ८ वटै वडामा लकडाउनको बेलामा सुकुम्बासी, दलित र मजदुरहरुले आफूहरु लकडाउनको मारमा परेको गुनासो गरेका छन् । कोशीमा लकडाउनको १२ दिन वित्दा समेत स्थानीय सरकारले कुनै राहत नदिएको कारणले केही स्थानीयहरु भोकभाकै बसेको गुनासो गरेका छन् । कोशीमा केही समाजसेवी र दाताहरुले बाहेकको कुनै पनि सरकारी निकायले भोको पेटलाई खानाको व्यवस्था नगरेको स्थानीय राधा सदाले गुनासो गर्नुभयो ।
कोशीको २ , ३, ४ , ५ , ६ , ७ र ८ नम्बर वडाका सुकुम्बासी र दलितहरुले आफूहरुलाई राहत वितरण गर्नुपर्ने माग गरेका छन् । कोशी १ मा मात्रै व्यापारी शंकर साह र अरुण मेडिकल पसलका सञ्चालक अरुण साहले संयुक्त रुपमा १५० भन्दा बढ़ी सुकुम्बारी, दलित समुदायका घरपरिवारलाई वडाको सहकार्यमा राहत वितरण गरेको छ ।
उता नेकपा कोशीले विज्ञप्ती जारी गर्दै लकडाउन पीडितहरु भोकभोकै बस्नुपरेकाले ध्यानाक्रर्षण भएको जनाएको छ । नेकपाले तत्काल राहत वितरण गर्नुपर्ने माग गरेको छ । सरकारले विपन्न, मजदुरी गर्नेहरुलाई राहत वितरण गर्न स्थानीय सरकारलाई भने पनि वितरण नगरेको कोशी नेकपा इन्र्चाज मनटुन यादवले जानकारी दिनुभयो । यादवले कोरोनाको भन्दा भोकभाकै नागरिक मर्ने बेला आएको गुनासो गर्नुहुदै तत्काल राहत वितरण गर्नुपर्ने माग गर्नुभयो ।
कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले राहत वितरण गर्नका लागि लागत संकलन भईहरेको प्रतिकृया दिनुभयो । राहतका लागि विवरण संकलन गर्ने काम सुरु गरेको र केही दिनमा राहत वितरण गर्ने दावी गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया