भीम रावलले चुनाव जिते राजनीतिबाट सन्यास लिने ओली सरकारका यी मन्त्रीको घोषणापछि राष्ट्रिय राजनीति तरङ्गित!! – Nagarikabhiyan : National News

भीम रावलले चुनाव जिते राजनीतिबाट सन्यास लिने ओली सरकारका यी मन्त्रीको घोषणापछि राष्ट्रिय राजनीति तरङ्गित!!

धनगढी । नेकपा दाहाल-नेपाल समूहका नेता डा भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीसँग आरोप प्रत्यारोपमा छन् । यसैक्रममा एक जना मन्त्रीले अब भीम रावलले चुनाव हार्ने भविष्यवाणी गरेका छन् ।

रावलले जिते आफूले राजनीतिबाट सन्यास लिने उनको घोषणा छ । यस्तो घोषणा गर्ने हुन् नव नियुक्त वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ।

जनता जान्न चाहन्छन् कार्यक्रममा मन्त्री आले आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनमा केपी शर्मा ओली समूह र प्रचण्ड-माधव समूह यथावत रहे भीम रावलले जिते राजनीतिबाट सन्याशी लिने घोषणा गरेका हुन् ।

नेता रावलले आगामी चुनावमा अरुलाई नेतालाई प्रत्यक्ष निर्वाचन उठाएर आफू समानुपातिकमा उठने पनि मन्त्री आलले दाबी गरेका छन् ।कार्यक्रमको पूर्ण समय भीम रावलको चर्को आलोचना गरेका छन् ।