प्रचण्ड–माधव पक्षले हमला गर्याे भन्दै ओली गर्जिएपछि…
४ माघ २०७७, आईतवार १९:३३
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओलीपक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादामाथि हमला गर्ने तथा हुर्मत लिने काम गरेको बताएका छन्।
आइतबार अखिल नेपाल महिला संघको काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको दोस्रो बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
यसबाहेक बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफ लिन तयार रहेको बताएका छन् । आफुले संविधानसम्मत् तथा कानूनसम्मत् काम गरेकोले जवाफदेहिता लिने उनको भनाई छ ।
निर्वाचन आयोगलाई निर्वाचन नर्गन आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयनको विपरित लागेको उनको भनाई छ । उनले पार्टी विभिन्न गुट उपगुटमा विभक्त भएकाले एकीकरण प्रक्रिया सम्पन्न हुन नसकेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया