आफ्नो जिल्लामा पुगेका ओली समूहका नेतामाथि जाइलागेर भीम रावलले देखाए ‘औकात’, थापाको गाडीमा तोडफोड!
२९ पुष २०७७, बुधबार ०८:३७
काठमाडौं । सुदूरपश्चिममा दादागिरी देखाउँदै आएका नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली समूहलाई विषवमन गर्दै हिँडेका थिए ।
राष्ट्रवाद कार्ड खेलेर प्रधानमन्त्री ओली सरकारलाई दु:ख दिँदै आएका रावलले मंगलवार यो हद नै पार गरे ।
उनले हाल ओली समूहका रहेका प्रदेश अध्यक्ष कर्णबहादुर थापाको गाडीमा तोडफोड गर्न लगाएका छन् । फरक गुटमा लाग्यो भन्दै रावलले आक्रमणमै उत्रिएर आफ्नो हैसियत देखाएका छन् ।
थापा सुदूरपश्चिम इन्चार्ज भीम रावलको गृहजिल्ला अछाममा आमसभालाई सम्बोधन गर्न पुगेका थिए । यद्यपि रावलको प्रयास भने सफल भएन ।
थापा अछाम प्रवेश गर्दा नेकपा पार्टी कार्यालय नजिक दाहाल-नेपाल समूहका राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुका युवा तथा विद्यार्थीले उनी चढेको प्रदेश ३ –०१ ०२३ च ७०६९ नम्बरको गाडीमा तोडफोडको प्रयास गरे पनि सफल भएन ।
बरु ओली समूहका खम्बा थापा र्याली निकाल्दै रावलको जिल्लामा कार्यक्रम गर्न अघि बढे । कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । आमसभामा बोल्दै ओली समूहका सुपका युवा नेता नरेश शाहीले आजको घटनाको रावलसँग बदला लिएर छाड्ने घोषणा गरे ।
रावलले पर्यटन मन्त्री हुँदा चीनको गुलामी गरेर २४ करोड झ्वाम पारेको भन्दै शाहीले अब अछामबाट मात्र होइन सुपबाटै रावललाई लखेट्ने चेतावनी दिए । नेपालपानाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया