ओलीको सभामा पूर्व-माओवादीकै नेताले गरे प्रचण्डलाई ‘लालगद्दार’ घोषणा ! – Nagarikabhiyan : National News

ओलीको सभामा पूर्व-माओवादीकै नेताले गरे प्रचण्डलाई ‘लालगद्दार’ घोषणा !

काठमाडौं। तत्काालिन नेकपा माओवादीका नेता एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहाललाई झड्का दिएका छन् । कैलालीको धनगढीमा नेकपा ओली पक्षले शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता भट्टले  ‘प्रचण्ड’लाई लालगद्दार घोषित गरेका हुन्।

कुनै बेला माओवादी पृष्ठभूमिका नेता भट्टले माओवादी लिगेसीको कुरा गर्दा पहिलो लालगद्दार प्रचण्ड र त्यसपछि मात्र आफूहरु भएको बताएका छन् ।

‘सहिद परिवारलाई प्रचण्ड कमरेडले सम्झिनुभएन, जो हिजो परिवर्तनका लागि युद्ध लडेका थिए, उनीहरु आज खाडीमा छन्, भारतका गल्लीमा भौंतारिइरहेका छन् । अनि माओवादी लिगेसीको कुरा गर्नुहुन्छ ?’ भट्टले भने, ‘हिजो नारायणकाजीसँग एकता गर्दा कहाँ गयो माओवादीको लिगेसी ? मोहन वैद्य र विप्लवलाई अलग गर्दा लिगेसी कहाँ गयो ? लालगद्दार हो भने पहिला प्रचण्ड हो, त्यसपछि मात्र हामी हौं ।’

मन्त्री भट्टले प्रचण्डले ३३ वर्षसम्म नेतृत्व हस्तान्तरण नगरेर पार्टी चलाउँदा पनि आफूहरुले हीनताबोध महसूस भयो भनेर नभनेको जनाएका छन् ।

मन्त्री भट्टले भने, ‘प्रचण्ड कमरेडले ३३ वर्षसम्म खल्तीबाट पार्टी चलाउनुभयो, हामीले कहिल्यै भनेनौं हीनताबोध महसूस भयो भनेर । भदौ २६ गतेको स्थायी समिति बैठकले ओलीलाई सरकारको काम अगाडि बढाउने जिम्मा र प्रचण्डलाई कार्यकारीको हैसियतमा महाधिवेशन गर्ने जिम्मा दिएका थियौं ।’