ओलीको कदमको समर्थनमा उत्रिए कमल थापा, रामचन्द्र पौडेललाई दिए यस्तो चेतावनी !
२३ पुष २०७७, बिहीबार ११:४१
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको निर्वाचनलाई स्वागत गरेका छन् । ताजा जनादेशमा जानुको विकल्प नभएको उनको भनाई छ ।
बुधवार सामाजिक सञ्जालमा पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्नै थापाले काँग्रेसले चुनावको विरोध गर्न नसुहाउने उल्लेख गरे ।
रामचन्द्र पौडेल समूहले चुनावको विरोध गरिरहेकोतर्फ थापा असन्तुष्टि जनाएका हुन् ।
कानुनी रुपमा नेकपा अझै नफुटेको उनको भनाई छ । काँग्रेसले चुनावविनै सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिकसमेत हुने थापाले बताए ।
‘कानुनी रूपमा नेकपा अझै फुटेको छैन । ताजा जनादेश प्राप्त नगरी कंग्रेसले सरकार बनाउने लोभ गर्नु अनैतिक र अप्रजातान्त्रिक हुन्छ,’ थापाले भनेका छन्, ‘केपी ओलीको असफलता र ज्यादतीबाट मुक्तिको निमित्त पनि ताजा जनादेशमा जानुपर्छ । संविधान र प्रजातन्त्रको रक्षा जनताको म्याण्डेटले गर्छ। कानुनी तिकडम र अपवित्र गठवन्धनले होइन ।’
अध्यक्ष थापाले संसद विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्नेसमेत बताए । थापाले अदालतलाई दबाव वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुनु नहुने बताएका छन् ।
‘संसद विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्नेछ। अदालतलाई दबाव वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुनुहुन्न,’ थापाले भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया