देशमा संकटकाल लगाउने तयारी, माधव नेपालले गरे यस्तो खुलासा !
२२ पुष २०७७, बुधबार १९:४८
काठमाडौं । नेकपाको आन्तरिक विवादले संसद विघटनसँगै भएको विभाजनले देशमा संकट मच्चिएको छ । यसबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्डनेपाल समुहकाका अध्यक्ष माधवकुमार नेपालले देशमा पुन:संकटकालको अवस्था सिर्जना हुन नदिने बताएका छन् ।
देशमा संकटकाल लगाउने, अनेकखालका षड्यन्त्र, तानाबाना बुनिएको सुनिरहेको भन्दै यस्ता षड्यन्त्र सफल नहुने उनले बताएका हुन्।
नेकपाले बुधबार आयोजना गरेको अन्तर्क्रियामा उनले पुरानो व्यवस्थाको पुनस् स्थापना हुन्छ भन्नेमा कसैले सपना नदेख्न उनको आग्रह छ । पुरानो व्यवस्थाको पुनस्स्थापना हुने कुनै सम्भावना नरहेको र हुन नदिने उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र शाहजस्तै बिदा हुने बताए । सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया