भीम रावलमाथि ओली पक्षले प्रहार गर्याे ३० लाखको अस्त्र, नेकपामा खैलाबैला ! – Nagarikabhiyan : National News

भीम रावलमाथि ओली पक्षले प्रहार गर्याे ३० लाखको अस्त्र, नेकपामा खैलाबैला !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्डनेपाल पक्षका नेता भीम रावललाई ओलीपक्षले झड्का दिएको छ । ओली पक्षले बुधबार कारवाही गर्दै प्रचण्ड–नेपाल पक्षका सुदूरपश्चिम प्रदेश इन्चार्ज रावलसहित ३ जना नेतालाई पदबाट हटाउन सिफारिस गरेको हो ।

नेता रावलसहित प्रदेश सचिव नेपबहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीमाथि पार्टीको बैंक खाताबाट ३० लाख झिकेर अनियमितता गरेको आरोप छ ।

धनगढीमा बसेको नेकपा ओली पक्षको सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकले नेता रावलसहितलाई कारवाही सफिारिस गरेको हो ।

रावलसहित नेताहरूले पार्टी आचरणविरुद्ध काम गरी आर्थिक अनियमितता गरेको भन्दै कारवाही गर्न सिफारिस गरिएको बताइएको छ ।