तेस्राे टेष्टका लागि भारतीय टिम घाेषणा – Nagarikabhiyan : National News

तेस्राे टेष्टका लागि भारतीय टिम घाेषणा

काठमाडौं । अस्ट्रेलिया विरुद्धकाे तेस्राे टेष्टका लागि भारतीय टाेली घाेषणा भएकाे छ । जसमा नवदिप सैनीले टेष्ट डेब्यु गर्दैछन्।

यसअघि टिममा नियमित खेल्दै आएका फास्ट बलर उमेश यादप घाइते भई टिमबाट बाहिरिपछि सैनीले पहिलाे पटक टेष्टकाे प्लेइङ ११ मा स्थान बनाएका हुन् ।

यस्तै राेहित शर्मा पनि टिममा परेका छन् । उनले ओपनर मायांक अग्रवालकाे स्थानमा ओपनिङ गर्नेछन् । कप्तान अजिन्का रहानेले राहितले ओपनिङ गर्ने बताएका हुन् ।

भारतकाे प्लेइङ सेटमा रहेका अन्य खेलाडीमा शुभमन गिल चेतेश्वर पुजारा हनुमा विहारी ऋषभ पन्त रविन्द्र जडेजा रविचन्द्रन आश्विन जसप्रित बुमराह र माेहम्मद सिराज छन् । भारत र अष्ट्रेलिया बीचकाे तेसाे टेष्ट बुधबार सिड्नीमा सुरु हुँदैछ । चार खेलकाे सिरिजमा दुवै टिमले १-१ खेल जितेका छन् ।