प्रदेश १ मा कांग्रेस मालामाल! प्रचण्ड-नेपाल समूहलाई परास्त गर्न बनाउन यस्तो कदम चाल्दै ओली! – Nagarikabhiyan : National News

प्रदेश १ मा कांग्रेस मालामाल! प्रचण्ड-नेपाल समूहलाई परास्त गर्न बनाउन यस्तो कदम चाल्दै ओली!

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको संसद विघटन कदमले नेकपा दुई समूहमा विभाजनको असर प्रदेश सरकारमा पनि परिसकेको छ ।

प्रदेश १ र ३ मा त अविश्वासको प्रस्ताव नै अघि सारिसकिएको छ । विभाजनले प्रदेश १ मा त प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मालामाल बन्ने अवस्था छ । नेकपाको ओली समूह र प्रचण्ड नेपाल समूहले कांग्रेसलाई अफर नै अफर गरेका छन् ।

मुख्यमन्त्री मुख्यमन्त्री शेरधन राई भने कांग्रेसको साथ पाउनेमा ढुक्क छन् । साथै कांग्रेससँग मिलेर प्रचण्ड नेपाल समूहलाई धुलो चटाउने तयारीमा छन् । यतिमात्रै होइन उनले प्रचण्ड नेपाल समूहकै सांसद आफूतिर प्रचण्ड नेपाल समूहका नेता भीम आचार्यलाई धुलो चटाउने रणनीति पनि लिएका छन् ।

उक्त समूहका सांसद मन्त्री बनाएर हुन्छ कि अरु आर्थिक प्रलोभन दिएर होस् उनी सांसद तान्न अगाडि बढेका छन । शेरधनलाई केन्द्रबाट प्रधानमन्त्री ओलीका साथै राष्ट्रपति विद्यादेवी भण्डारीको पनि बलियो समर्थन छ । प्रदेश १ प्रदेशसभामा सत्तारुढ नेकपाका ६७ जना सदस्य छन् ।

पार्टी विभाजन पछि प्रचण्ड-माधव समूहले आफ्नो पक्षमा ४६ जना सांसद रहेको दाबी गर्दै आएको छ । ओली समूहमा २१ जना सांसद खुलेका छन् । १२ पुसमा मुख्यमन्त्रीविरुद्ध दायर भएको अविश्वासको प्रस्तावमा ३७ जना सांसदले हस्ताक्षर गरेका छन् । तीमध्ये उदयपुरकी प्रदेशसभा सदस्य कला घलेले आफ्नो नाम फिर्ता लिएकी छन् ।

प्रदेश १ को सत्ता समीकरणमा नेपाली कांग्रेस निर्णायक छ । २१ जना प्रदेशसभा सदस्य रहेको प्रदेशमा कांग्रेस जता ढल्कियो उतै सरकार बन्नेछ । त्यसैले नेकपाका दुवै पक्षले कांग्रेसलाई फकाउने प्रयास जारी राखेका छन् ।

नेकपा विभाजन पछि मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट निस्कासन गरेको प्रचण्ड-माधव समूहले नेकपा प्रदेश १ इञ्चार्ज तथा स्थायी कमिटी सदस्य भीम आचार्यलाई दलको नेतामा चयन गर्दै भावी मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।

आचार्यसँग असन्तुष्ट रहेका पूर्व एमालेका माधव खेमाका सांसद ओली समूहको प्राथमिकतामा छन् । प्रदेश सभामा तत्कालीन एमालेका ५१ सदस्य छन् । तीमध्ये ३१ जना माधव समूह र २० जना ओली समूहका थिए । तर संसदीय दलको नेताको निर्वाचनमा आचार्यले २४ मत पाउँदा राईले २६ मत प्राप्त गरेका थिए ।

नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले दुबै पक्षमा अफरहरु आएको बताउँछन् । यद्यपि के गर्ने भन्ने निर्णयमा कांग्रेस पुगिसकेको छैन ।