पृथ्वी जयन्ती मनाउन मनीषा कोइरालाको अपिल
२० पुष २०७७, सोमबार २०:०२
काठमाडौं । अभिनेत्री मनीषा कोइरालाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउन अपिल गरेकी छिन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले पुष २१ गते सिंहदरबार अगाडि सार्वजनिक कार्यक्रम राखिएको जानकारी दिँदै कार्यक्रम मनाउन अपिल गरेकी हुन् ।
कोइरालाले कार्यक्रमका लागि संचारकर्मीलाई सम्बोधन गरिएको पत्रसमेत सार्वजनिक गरेकी छिन्, जसमा कोइरालासँगै रमेश खरेल र भरत बस्नेतको हस्ताक्षर छ । २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको तर्फबाट अभिनेत्री मनीषाले सो अपील गरेकी हुन् ।
पछिल्ला वर्षहरुमा नेपाली कांग्रेसले पृथ्वी जयन्ती मनाउन छोडे पनि कांग्रेसको लिगेसी रहेको कोइराला परिवारकी सदस्य मनीषाले भने पृथ्वी जयन्ती मनाउन आग्रह गरेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया