वामदेव गौतमलाई उपप्रधानसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिँदै ओली, बादल पनि कन्भिन्स! – Nagarikabhiyan : National News

वामदेव गौतमलाई उपप्रधानसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिँदै ओली, बादल पनि कन्भिन्स!

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानसहित गृहमन्त्री बनाउने भएका छन् ।

वर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेललाई सरकारबाट फिर्ता बोलाएर ओलीले वामदेवलाई उपप्रधानमन्त्री बनाउने तयारी गरेको बालुवाटार स्रोतले जानकारी दियो ।

ओलीले वामदेवलाई गृह मन्त्रालयको जिम्मेवारी दिने र रामबहादुर थापा बादललाई रक्षा मन्त्रालयमा सार्ने तयारी गरेका छन् । आफ्नो समूहलाई बलियो बनाउन ओलीले बादलाई पनि कन्भिन्स गरिसकेका छन् । वामदेवलाई पनि उपप्रमसहित गृह मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरिएको छ । वामदेवले ग्रीन सिग्नल दिएको बालुवाटार स्रोतको दावी छ । यसले ओली अझै बलियो हुनेछन् ।