नेकपाको राजनीतिमा फेरी शुरु भयो चिनियाँ चलखेल, प्रचण्ड र माधवलाई भेटेर राजदुत यान्छीले दिईन् यस्तो सन्देश ! – Nagarikabhiyan : National News

नेकपाको राजनीतिमा फेरी शुरु भयो चिनियाँ चलखेल, प्रचण्ड र माधवलाई भेटेर राजदुत यान्छीले दिईन् यस्तो सन्देश !

काठमाडौं । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला चीनले यस विषयमा चासो देखाएको छ ।

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला शुक्रबार बिहान नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले चीनको सन्देश लिएर नेकपाका नेताहरुसँग भेटघाट गरेकी छन् । चिनियाँ राजदूत हौ यान्छी खुमलटार पुगेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेकी हुन् । प्रचण्डसँग कुराकानी गरेलगत्तै उनले नेता माधवकुमार नेपाललाई समेत भेटेकी छन् ।

बिहीबार राती उनले नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा लामो वार्तालाप गरेकी स्रोतले जनाएको छ । स्रोतहरूका अनुसार नेकपाको संभावित विभाजन रोक्न र मिलेर अगाडी बढ्न उनले सुझाव तथा दवाव दिएकी छन् । प्रचण्डसँगको भेटपछि नेकपाका एक स्थायी समिति सदस्यले भने- ‘कुनै सूत्र निकालेर सहमतिमा पुग्न चिनियाँ राजदूतले आग्रह गरिन् ।’

दुई दिनअघि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओले नेपाललगायतका नेतासँग तीन घण्टा भिडियो कन्फरेन्स गरेका थिए । यसैबीचमा नेकपाको राजनीतिमा हात हालेको भनेर पटकपटक विवादित राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राष्ट्रपति सी चीन फिङको टेलिफोन संवाद भएको थियो । चार दिनअघि राष्ट्रपतिस्तरमा भएको संवादपछि सोमबार राजदूत हौ यान्छीले राष्ट्रपति भण्डारीलाई भेटेकी थिइन् ।

प्रधानमन्त्री परिवर्तनसम्मको खेलमा पुगेको नेकपा विवाद ओलीले सांसदसमेत नरहेका वामदेव गौतमलाई प्रधानमन्त्री र नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बन्न गरेको प्रस्तावपछि नयाँ ढंगले तरंगित भएको छ । पछिल्लोपटक चिनियाँ राजदूतको दौडधुपले नेकपाको राजनीतिक विवादलाई कता पुर्‍याउँछ, त्यसको संकेत २० गते बस्ने भनिएको सचिवालय बैठकमा देखिने अनुमान गरिएको छ ।

नेकपाभित्रको कलह उत्कर्षमा

अध्यादेश प्रकरणले ओलीमाथि आफ्नै पार्टीका अन्य नेताहरुको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिन दबाब सिर्जना गरेपछि नेकपाभित्रको कलह उत्कर्षमा पुगेको छ । यो बीचमा ओलीले विवाद मिलाउनको लािग प्रयासपनि गरेका थिए । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, र प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनैपनि हालतमा ओलीको प्रस्ताव नमानेपछि विवाद झनै बढेको हो । नेपालपानाबाट