प्रचण्डलाई धुँदाधुँदा डोब साबुनका डल्ला र ड्रमका ड्रम पानी खतम भयो- ओली – Nagarikabhiyan : National News

प्रचण्डलाई धुँदाधुँदा डोब साबुनका डल्ला र ड्रमका ड्रम पानी खतम भयो- ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा साबुनका डल्ला र ड्रमका ड्रम पानी खर्च भएको बताएका छन् ।

बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । आफूले मित्रताले हंगालो हाल्दा प्रचण्डले धृतराष्ट्रलले जस्तो अंगालो मारेको समेत ओलीले लगाएका छन् ।

‘षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर आफूले तीन वर्ष सम्झाएको भन्दै उनले भने, ‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रममा ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुदा ।’

ओलीले अघि भने,  ‘साबुन लायो, पखाल्यो जस्तोको तस्तै । अन्तिममा देखिहाल्नुभयो के हुँदोरहेछ ।